logo

बुधबार, भाद्र १७ २०८३

gorkhaonlinetv

२०८३ भाद्र १७ बुधबार

एलिना र रिज्योनाको स्वरमा विष्णु रिजालको ‘झुम्का ढल्काई जाने हो दर खान’ सार्वजनिक

एलिना र रिज्योनाको स्वरमा विष्णु रिजालको ‘झुम्का ढल्काई जाने हो दर खान’ सार्वजनिक


  • मंगलबार, भाद्र १६ २०८३

  • काठमाडौं । नेपाली संगीत क्षेत्रकी लोकप्रिय गायिका एलिना चौहान र रिज्योना कार्कीको सुमधुर स्वरमा सजिएको तीज गीत ‘झुम्का ढल्काई जाने हो दर खान’ भिडियोसहित सार्वजनिक भएको छ।

    तीजलाई लक्षित गर्दै बजारमा आउने रमाइला तथा भड्किला गीतभन्दा केही फरक विषयवस्तु र सन्देश बोकेको यो गीतमा नारीको माइतीप्रतिको भावनासँगै वैदेशिक रोजगारीमा रहेका श्रीमान् र परिवारबीचको सम्बन्धलाई प्रस्तुत गरिएको छ।

    कलाकार विष्णु रिजालको शब्द रहेको गीतले लामो समयपछि माइतीघर जान पाउँदाको खुसीसँगै विदेशमा श्रीमान्हरूले दुःख गरेर कमाएको पैसाको महत्व बुझ्नुपर्ने सन्देश दिन खोजेको छ। मित्र केसीको संगीत तथा विशाल निरौलाको संगीत संयोजन रहेको गीतलाई रन्जन राईले मिक्सिङ गरेका छन्। अलंकार स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो पक्षलाई समेत विशेष ध्यान दिइएको निर्माण पक्षले जनाएको छ।

    गीतको म्युजिक भिडियोमा विष्णु रिजाल, जान्भी बस्नेत, रविन्द्र ढाकाकोटी र जोस्ना मगरको अभिनय देख्न सकिन्छ। पारिवारिक सम्बन्ध, माइतीको माया र वैदेशिक जीवनका भावनात्मक पक्षलाई भिडियोमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

    उत्कृष्ट दृश्य संयोजनसहित तयार पारिएको भिडियोको निर्देशन स्वयं विष्णु रिजालले गरेका हुन् भने सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ। भिडियोको सम्पादन सौखिन तिमिल्सिनाले गरेका छन्।

    ‘झुम्का ढल्काई जाने हो दर खान’ देउरानी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै गीत तथा भिडियोले दर्शक–श्रोताको ध्यान आकर्षित गरिरहेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to gorkhaonlinetv.com Site By :TriTech