logo

बुधबार, भाद्र १७ २०८३

gorkhaonlinetv

२०८३ भाद्र १७ बुधबार

विवाद र आलोचनाभन्दा माथि उठेको निस्वार्थ सेवा: बाढीपीडितको सहारा बन्दै डा. निकोलश भुषाल

विवाद र आलोचनाभन्दा माथि उठेको निस्वार्थ सेवा: बाढीपीडितको सहारा बन्दै डा. निकोलश भुषाल


  • बुधबार, भाद्र १७ २०८३

  • कसैले पागल भने, कसैले फटाहा। कतिपयले त उनलाई ‘नाम मात्रको डाक्टर’ भन्नसमेत पछि परेनन्। उनका अभिव्यक्ति र बोल्ने शैलीलाई लिएर सामाजिक सञ्जालमा पटक–पटक आलोचना र ट्रोलसमेत भए।

    कहिलेकाहीँ मानिसको पहिचान उसको बोल्ने शैली वा बाहिरी स्वभावले मात्रै निर्धारण हुँदैन, उसले संकटको घडीमा प्रस्तुत गर्ने मानवीय कर्मले गर्छ। डाक्टर निकोलश भुषालका विषयमा समाजमा अनेकौँ धारणाहरू बने तर, बाहिरी आलोचनाको पर्दापछाडि उनको मनमा लोभ, पाप र घमण्डको कुनै अवशेष छैन भन्ने कुरा उनले आफ्नो कर्मबाट पटक पटक प्रमाणित गर्दै आएका छन्।

    कोरोनाको समयदेखि नै डा भुषाल निरन्तर सामाजिक सेवामा समर्पित रहँदै आएका हुन्। देश संकटमा पर्दा आफ्नो ज्यानको प्रवाह नगरी सर्वसाधारणको सेवामा खट्नु उनको पुरानै बानी हो।

    हालै रसुवा र नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। सडक सञ्जाल बिग्रिएका र स्वास्थ्य सुविधा अस्तव्यस्त बनेका बेला डा निकोलश भुषाल फेरि एकपटक आशाको किरण बनेर प्रभावित क्षेत्रमा पुगेका छन्। औषधिका बाकस र उपचारका सामग्री बोकेर नुवाकोट र रसुवाका बाढीप्रभावित बस्तीहरूमा पुगेका उनी दिनरात भोक र प्यास नभनी घाइते तथा बिरामीहरूको निशुल्क उपचारमा खटिरहेका छन्।

    जतिबेला मानिसहरू संकटमा परेका हुन्छन, त्यतिबेला कुनै व्यक्तिगत स्वार्थ नराखी अहोरात्र खटिने उनको यो निष्ठावान् कदमको अहिले व्यापक प्रशंसा भइरहेको छ। हिजो आलोचना गर्नेहरू पनि आज उनको यो समर्पण देखेर नतमस्तक बनेका छन्।

    भनिन्छ, साँचो र निष्ठावान् मान्छे त्यो हो, जसले मानिसलाई सुखमा होइन, दुख र संकटका बेला साथ दिन्छ। आज डाक्टर निकोलश भुषालले यही भनाइलाई आफ्नो कर्ममार्फत सार्थक तुल्याएका छन्। आलोचनाको प्रवाह नगरी निरन्तर सेवामा तल्लीन उनी अहिले बाढीपीडितका लागि सच्चा नायक बनेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to gorkhaonlinetv.com Site By :TriTech