logo

आइतबार, जेष्ठ १९ २०८२

gorkhaonlinetv

२०८२ जेष्ठ १९ आइतबार

गायिका रेनुका भट्टराईको बिहेपछि अस्मिताले भाबुक हुदै लेखिन स्टाटस

गायिका रेनुका भट्टराईको बिहेपछि अस्मिताले भाबुक हुदै लेखिन स्टाटस


  • बुधबार, बैशाख १० २०८२

  • गायिका अस्मिता डल्लाकोटिले रेनुका भट्टराइको बिहे लगतै मनै छुने स्टाटस लेखेकी छिन । रेनुकाको केहि दिनअधि मात्र युकेमा बस्दै आएका नरेन्द्र घिमिरेसंग बिहे गरेकी थिइन ।

    अब रेनुका केहि समयमै युकेतिरै जाने भएकी छिन । रेनुका र अस्मिताको जोडि छुटिने भएपछि अस्मिताले आफ्नो फेसबुक मार्फत रेनुकालाई सम्झिदै यस्तो स्टाटस लेखेकी छिन ।

    Renuka Bhattrai maya First of all, welcome to our team. “अबदेखि हाम्रो सम्बन्ध उही रहन्छ तर समय, ठाउँ अनि परिस्थिति फेरिन्छ। किनकी हजुरले घर धान्न थालिसक्नु भएको छ अनि म, हजुरले छाडेर गएको माया सम्हाली रहेको छु।” “कहिलेकाहीँ मन भारी हुन्छ, शब्दहरू कम हुन्छन् त्यही बेला हजुरलाई सम्झिएर थोरै गुनासो पोखें, थोरै माया बाँडेँ। हजुर साथी हैन भावना बुझ्ने मान्छे हुनुहुन्छ ।” थोरै बुझेका कुरा सुनाएँ, थोरै नबुझेका कुरा हजुरले सम्हाल्नुभयो यस्तो सम्बन्ध शब्दभन्दा पर हुन्छ।” “कति कुरा सँगै बाँडेका थियौं — मिठो खाना, तिता पीडा, बेस्सरी हाँसो अनि चुपचाप रोएका बेलाहरू। अब ती सबै कुरा सम्झनामा मात्र बाँकी हुनेछन्। किनभने हजुर अब आफ्नो नयाँ घरको ढोका ढकढक्याउँदै अघि बढिसक्नुभएको छ।” . “सधैं संगै खाँदाको, खेल्दाको, हाँस्दाको ती पलहरू आज सम्झिँदा मन चसक्क हुन्छ। सधैं लाग्थ्यो — यो साथ सधैंको हो, यो साथी सधैं छेउमै हुनेछ। तर समयले अब हजुरलाई टाढा पुर्यायो… बेहुली बनी, नयाँ संसारमा रमाउन जानुभयो।” बोल्नै नसक्ने पीडा पनि छन्, लेख्नै नसक्ने माया पनि। हजुरलाई हेरेर थोरै कुरा गर्छु, थोरै निःशब्द बस्छु… किनकि थोरैमै धेरै बुझ्ने हजुर जस्तो आत्मीय साथी सधैं कहाँ पाइन्छ र?” हजुरलाई बेहुलीको भेषमा सजिएर, संझनाहरूको सेरोफेरोमा उभिएको देखेँ। अनुहारमा मुस्कान थियो, तर मनमा थोरै चसक्क थियो — थोरै पीडा पोखें, थोरै खुसी साटें। किनकि हजुर साथी मात्रै हैन, मेरा भावना बुझ्ने आत्मीय हुनुहुन्छ। हिजोसम्म सँगै हाँसेका, रुनु परेका, चुपचाप बुझेका पलहरू आज याद आए। केही कुरा भनिन, केही हजुरले नबोली बुझ्नुभयो जीवनको नयाँ अध्यायमा हजुर अघि बढ्दै हुनुहुन्छ अनि म… चुप चाप हजुरको दिन दिनै फेरीरहेको मुहार हेरिरहनेछु विवाह बन्धनमा बाधिनु भएकोमा धेरै धेरै बधाई पहिले भन्दा पनि खुशी देख्न पाउ हजुरलाई खुशी देख्न पाए म पनि खुशी हुनेछु धेरै धेरै शुभकामना माया❤️

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to gorkhaonlinetv.com Site By :TriTech