logo

आइतबार, जेष्ठ १९ २०८२

gorkhaonlinetv

२०८२ जेष्ठ १९ आइतबार

मिस पबिले पहिलोपटक स्विकारिन डिर्भोसको कुरा, १६ वर्षकै उमेरमा बिहे

मिस पबिले पहिलोपटक स्विकारिन डिर्भोसको कुरा, १६ वर्षकै उमेरमा बिहे


  • बिहिबार, बैशाख ११ २०८२

  • टिकटक स्टार मिस पबीले पहिलोपटक आफ्नो डिभोर्स भएको कुरा स्विकार गरेकी छिन । उनको ९ वर्षअघि नै विवाहपछि डिभोर्स भएको खुल्नमा आएको छ । आफुले ठूलो पीडा सहनु परेको र आत्महत्याको प्रयाससमेत गरेको उनले बताएकी छिन ।

    उनको विवाह भएको तस्बिर समेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर, यो विषयमा मिस पबीले त्यसबारे बास्तबिकता नभएको भन्दैअस्वीकार गर्दै आएकी थिइन् ।

    केहि दिन अधि मात्र मिस पबीले ‘रमाइलो छ’ नामक युट्युब च्यानल मार्फत अन्तरवार्ता दिने क्रममा विवाह र डिभोर्सको स्वीकार गरेकी हुन् । उनले भनेकी छिन मेरो १६ वर्षको कलिलो उमेरमा बिहे भयो तर त्यसको केही समयमानै डिभोर्स भयो ।नेपालको कानून अनुसार विवाहका लागि महिलाको उमेर २० वर्ष पुगेको हुनुपर्छ तर उनको १६ बर्षकै उमेरमा परम्परागत तवरबाट बिहे भए पनि उमेर नपुगेका कारण विवाह दर्ता भएको थिएन ।

    डिभोर्सको कारण उनले खुलाएकी छैनन । तर, डिभोर्सपछि आफूले भोगेको पीडा सुनाउँदा गर्दा उनी निकै भावविव्हल बनेकी थिइन । कुराकानीकै क्रममा मिस पबिले आफ्नो विवाह र डिभोर्सको बारेमा यसरी ब्यत्त गर्छिन ।

    मेरो १६ वर्षको उमेरमा विवाह भएको थियो । म एक्सपोज गर्न चाहन्थेँ यो कुराहरू । अहिले पनि होइन नै भन्छु, किनकि कानूनीरुपमा केही भएको थिएन । सबै इलिगल कुराहरू हो । म कसैलाई पनि नराम्रो भन्न चाहन्न । राम्रो हुन्छ केही समयपछि भन्ने थियो । लाइफमा अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकेँ । र बच्चा उमेरमा भएको घटना हो । अहिले म २५ को हुँदा धेरै कुराहरू बुझेँ । त्यतिबेला धेरै कुरा नबुझेको जस्तो लाग्छ । कतिचोटि सुसाइड गर्ने कोसिस पनि गरेँ । मलाई मेरो मम्मीले सपोर्ट गर्नुहुन्छ । तर, जुन समाजबाट म आएको छु, त्यहाँ डिभोर्स गरेको केटीलाई राम्रो नजरले हेरिन्थेन । केटी मान्छेले अनेक नराम्रो शब्दहरू सुन्नुपर्छ । म बच्चै थिएँ । कहिलेकाहीँ सहनै नसक्ने कुराहरू गर्थे । मसित कसैले फ्रेन्डसिप गर्न पनि चाहँदैनथे । म त्यो समाजका लागि नराम्रो भएँ । स्कुलमा पनि मेरा साथी कोही भएनन् । अहिले सोच्दा एउटा दशा कट्यो जस्तो लाग्छ । मन भित्र कुरा गुम्साएर राख्दा राख्दा मलाई पब्लिक एन्जाइटी हुन्छ । कसैले मेरो अगाडि थुक्यो भने पनि एन्जाइटी फिल हुन्छ । मलाई नै थुकेको हो जस्तो लाग्छ ।

    विगतको घटनामा मलाई रिग्रेट छैन । लाइफमा अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकेँ । डिभोर्स भयो भनेर त्यसमै रोई कराइ गरिरहने कुरा आएन । त्यहाँबाट अगाडि बढ्नु नै पर्छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to gorkhaonlinetv.com Site By :TriTech