
गोरखाको पालुङटारमा अकवरे मल्टिएग्रो फार्म संचालनमा आएको छ । युवाहरूलाई उपयुक्त सीप सिकाई आफ्नै गाउँ-ठाउँमै उद्यमशील बनाउने उद्देश्यका साथ “युवाहरूकाे सामूहिक अभियान,जे गर्छौं पालुङटारमै गर्छौं” भन्ने मूल नारालाई आत्मसात गर्दै बिमला बिनिष्मा पन्त फाउन्डेसनद्वारा अकबरे मल्टी एग्रो सञ्चालनमा ल्याइएको उक्त फाउण्डेसनका कार्यक्रम संयोजक सुदिप पन्तले बताए ।
करिव साढे दुई रोपनी जग्गा लिजमा लिएर संचालनमा आएको उक्त एग्रो फार्ममा मिठो चियासँगै अर्गानिक खाजाका परिकारहरुको स्वाद लिन सकिने छ । केही भागमा भने अकवरे खुर्सानी लगाइएको छ । यस सामूहिक अभियानमा पालुङटार नगरपालिकाभित्रका युवाहरू सक्रिय रूपमा आबद्ध छन्।
विशेषतः आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि यस अकबरे मल्टी एग्रोले पार्टटाइम रोजगारीको अवसर प्रदान गर्दै अध्ययनसँगै आत्मनिर्भर बन्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ।
स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत योगदान पुर्याउने उद्देश्यले यस संस्थाले अकबरे खुर्सानी, दही, दूध लगायतका वस्तुहरूको उत्पादन तथा सङ्कलन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने कार्यमा समेत अग्रसरता लिएको छ।
यस अभियानको नेतृत्व स्वयं फाउन्डेसनका संस्थापक प्रकाश जङ पन्तले गरेका छन ।
प्रतिक्रिया दिनुहाेस्
सम्बन्धित