logo

शुक्रबार, जेष्ठ १७ २०८२

gorkhaonlinetv

२०८२ जेष्ठ १७ शुक्रबार

गायक सचिन भट्टराई र शान्ति श्री परियारको स्वरमा मौलिक गीत “यु के लान्छु ” बन्यो हिट

गायक सचिन भट्टराई र शान्ति श्री परियारको स्वरमा मौलिक गीत “यु के लान्छु ” बन्यो हिट


  • बिहिबार, बैशाख ११ २०८२

  • नेपाली सांगीतिक क्षेत्रका जल्दाबल्दा गायका सचिन भट्राइले भरखरैमात्र बजारमा ‘युके लान्छु रेलीमै’ बोलको गित सार्वजानिक गरेका छन । गीतको लय र शब्दपनि गायक सचिन स्वयंले नै तयार पारेका हुन भने संगीत संयोजन विनोद बाजुरालीले गरेका छन् ।

    गितमा पछिल्लो समयकी चर्चित गायिका शान्ति श्री परियार र गायक सचिन भट्टराईको स्वर रहेको छ । यति बेला उक्त गीतले बजारमा दर्शकहरुको अपार माया पाइरहेको छ । हुन त गायक सचिनको कयौं गीतहरु अहिलेपछि बजारमा उत्तिकै लोकप्रिय छन ।

    समिप ईन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा सुनिल न्यौपाने, गरिमा शर्मा, सरोज पौडेल, भीमार्जुन ओली, निक्सन लोहनी, र रबिना पाण्डेले अभिनय रहेको छ ।

    भिडियोको निर्देशन भने दिलिप समानले गरेका हुन्। विशेषगरी नेपाली समुदायको यर्थात घटना, परिबेशलाई समेटेर गीत तयार पारिएको छ । पछिल्लोसमय बजारमा आएका प्रत्येक गीतहरु एकपछि अर्को हिट भइरहदा आफु भाग्यमानि छु जस्तो लाग्छ भन्दै गोरखा अनलाइन टिभीको कुराकानीमा सचिनले ब्यक्त गरेका छन । नेपाली सांगीतिक बजारमा बिकृति भित्रिरहदा सचिनले भने सधै मौलिक भाषा, परम्रपरालाई समेटेर गीत ल्याइरहेका हुन्छन । उनका गीतहरुमध्य अहिलेपनि नक्कली कान्छी ,छड्के छाता ,बनमै स्याउला छ ,सुनका चुराले ,छाया सिसाको ,महंगो माया ,चोली ढाकाले लगाएतका थुप्रै गित उत्तिकै लोकप्रिय छन ।

    सानैदेखि कलाकारिता क्षेत्रमा रुचि राख्दै आएका सचिनले पछिल्लो समय संगित पाठाशाला पनि सञ्चालन गरेका छन। उनको काठमाण्डौ स्थित बालजुमा दिब्यश्रृती संगित पाठाशाला रहेको छ । उक्त पाठशालामा संगीत सिक्न चाहनेहरुका लागि अनुभबि गुरुहरुबाट सुर्लभ र सहत तरिकाबाट संगीतका कक्षाहरु संचालन भइरहेको छ ।

     

    भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला- https://www.youtube.com/watch?v=gCWcMKJe8Zc


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to gorkhaonlinetv.com Site By :TriTech