
यति बेला शिक्षकहरु लामो समयदेखि सडक आन्दोलमा छन । आन्दोलनका कारण सामुुदायिक विद्यालय बन्द छन् । शिक्षकहरुको आन्दोलन कहिलेसम्म चल्छ अहिलेसम्मपनि अनिश्चत छ ।
अभिभाबकहरुले पढाई विग्रने डरले कतिपय विद्यार्थीहरूलाई निजी विद्यालय भर्ना गर्न थालेका छन । विद्यार्थी रोक्न बैतडीको एक सामुदायिक विद्यालयले नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण गरेको छ ।
जिल्लाको पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माविले विश्व पुस्तक दिवसका अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सत्र २०८२ का लागि नयाँ पाठ्यपुस्तक गरेको छ ।
शैक्षिक सत्र सुरु भएको डेढ हप्ताभन्दा बढी भइसके पनि शिक्षकहरूको आन्दोलनका कारण भर्ना अभियान सञ्चालन हुन सकेको छैन । अझै कहिलेसम्म शिक्षक आन्दोलन चल्छ थाहा छैन त्यस कारण विद्यार्थीको पढाइ बिग्रने चिन्तासहित पुस्तक वितरण गरिएको विद्यालय व्यवस्थापन समितिले बताएको छ ।