logo

सोमबार, भाद्र ९ २०८२

gorkhaonlinetv

२०८२ भाद्र ९ सोमबार

गायिका रेनुका भट्टराइले नेपाल छाड्दै, अब श्रीमानसंगै युकेमै बस्ने भइन रेनुका

गायिका रेनुका भट्टराइले नेपाल छाड्दै, अब श्रीमानसंगै युकेमै बस्ने भइन रेनुका


  • सोमबार, बैशाख ८ २०८२

  • गायिका रेनुका भट्टराई बैबाहिक जिबनमा बाधिएसंगै अब युकेमै बस्ने भएकी छिन । केहि दिन अधिमात्र रेनुकाले युकेमा बस्दै आएका नरेन्द्र घिमिरेसंग बिबाह गरेकी थिइन । बिहेपश्चाप रेनुका अब युकेमै बस्ने कुरा खुल्नमा आएको छ । पछिल्लोसमय रेनुकाको दोहोरी मन पराउने दर्शकहरुको संख्यापनि अत्याधिक छ ।

    बिहेको केहि दिन अधि गायिका अस्मिता डल्लाकोटि र रेनुका दुबै रुदै दोहोरी गाएका थिए । अस्मिताले रुदै दोहोरीमा रेनुकालाई साथ छोडे त के थियो र भेटिन्छ देशै छोड्छौ याद केरि मेटिन्छ भन्दै गुनासो पोखेकी थिइन । दोहोरीमै उनिहरुले बिगतदेखि भबिस्यसम्मको कुरा गर्दाै भाबुक बनेका थिए । रेनुका र अस्मिताको मित्रताको निकै निकट सम्बन्ध छ ।

    रेनुका बिहेपछि युके जानेभएपछि अस्मिता र रेनुकाले रुदै दोहोरीमा मनको पिडा साटासाट गरेका थिए । अस्मिता डल्लाकोटि युटुब च्यानलबाट अपलोड भएको युक्त लाइभ दोहोरी भिडियोलाई अहिलेसम्म सात लाखबढि दर्शकहरु हेरिसकेका छन । अस्मिता र रेनुकाको जोडि छुटिने भएपछि धेरैले कमेन्टमार्फत सहानुभुति ब्यक्त गरिरहेका छन ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to gorkhaonlinetv.com Site By :TriTech