logo

बुधबार, जेष्ठ २० २०८३

gorkhaonlinetv

२०८३ जेष्ठ २० बुधबार

गायिका रेनुका भट्टराइले नेपाल छाड्दै, अब श्रीमानसंगै युकेमै बस्ने भइन रेनुका

गायिका रेनुका भट्टराइले नेपाल छाड्दै, अब श्रीमानसंगै युकेमै बस्ने भइन रेनुका


  • सोमबार, बैशाख ८ २०८२

  • गायिका रेनुका भट्टराई बैबाहिक जिबनमा बाधिएसंगै अब युकेमै बस्ने भएकी छिन । केहि दिन अधिमात्र रेनुकाले युकेमा बस्दै आएका नरेन्द्र घिमिरेसंग बिबाह गरेकी थिइन । बिहेपश्चाप रेनुका अब युकेमै बस्ने कुरा खुल्नमा आएको छ । पछिल्लोसमय रेनुकाको दोहोरी मन पराउने दर्शकहरुको संख्यापनि अत्याधिक छ ।

    बिहेको केहि दिन अधि गायिका अस्मिता डल्लाकोटि र रेनुका दुबै रुदै दोहोरी गाएका थिए । अस्मिताले रुदै दोहोरीमा रेनुकालाई साथ छोडे त के थियो र भेटिन्छ देशै छोड्छौ याद केरि मेटिन्छ भन्दै गुनासो पोखेकी थिइन । दोहोरीमै उनिहरुले बिगतदेखि भबिस्यसम्मको कुरा गर्दाै भाबुक बनेका थिए । रेनुका र अस्मिताको मित्रताको निकै निकट सम्बन्ध छ ।

    रेनुका बिहेपछि युके जानेभएपछि अस्मिता र रेनुकाले रुदै दोहोरीमा मनको पिडा साटासाट गरेका थिए । अस्मिता डल्लाकोटि युटुब च्यानलबाट अपलोड भएको युक्त लाइभ दोहोरी भिडियोलाई अहिलेसम्म सात लाखबढि दर्शकहरु हेरिसकेका छन । अस्मिता र रेनुकाको जोडि छुटिने भएपछि धेरैले कमेन्टमार्फत सहानुभुति ब्यक्त गरिरहेका छन ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to gorkhaonlinetv.com Site By :TriTech