
जेष्ठ पन्ध्रमा जन्म लियौं, मूलपानीको गाँममा ।
गङ्गा भन्दा हास्न थाल्यौ, चिनियौ आफ्नै नाममा ।।
पिता तिम्रो शिवजी, माता तिम्रो लक्ष्मी ।
सुनिलसंग विवाह भयो, घरजम गरी बस्नी ।।
ससुरा तिम्रो नारायण, रेणुका तिम्रो सासू ।
दुबैजना बैष्णव छन्, खादैनन् मासु ।।
अङग्रेजीको गुरु तिमी, बुद्ध प्रकाश हाक्ने ।
तिमीलाई देखि बच्चाहरु, थुरु थुरु काप्ने ।।
स्कुलको सिंह तिमी, घरको भयौ स्याल ।
तिम्रो हातको खाना खान, आउँछ मुखमा रयाल ।।
भाग्य तिम्रो अग्रता, घन तिम्रो अग्रज ।
दुबैजना ज्ञानी छन्, भन्छन् यो समाज ।।
पैतिस काटी छत्तीस लाग्यौ, आयो बुढ्यौलि ताल ।
जन्मदिनको शुभकामना दिँदा, सबले भन्छन् बबाल ।।
सुनिल उपाध्याय
बायोमेडिकल
नेपाल अर्थोपेडिक अस्पताल
जोरपाटी, काठमाडौं