logo

शुक्रबार, जेष्ठ १७ २०८२

gorkhaonlinetv

२०८२ जेष्ठ १७ शुक्रबार

परिवारसंगै भारतको जम्मू कश्मिरमा घुम्न पुगेका सुदिप परे आतङ्कवादी हमलामा

परिवारसंगै भारतको जम्मू कश्मिरमा घुम्न पुगेका सुदिप परे आतङ्कवादी हमलामा


  • बुधबार, बैशाख १० २०८२

  • आमा र बहिनीसहित घुम्न कश्मिर गएका थिए सुदीप तर उनको परिवारसंगै नेपाल फर्किने सपना सधैका लागि अधुरै रह्यो ।

    भारतको जम्मू कश्मिरमा आतंकवादी हमलामा २६ जनाको ज्यान गयो । ज्यान गुमाउनेहरुमध्य बुटवल १४ बेलबरियाका सुदीप न्यौपानेपनि थिए । उनी ४ दिनअघि शनिबारमात्र आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएका थिए। सुदीप परिवारका एक्ला छोरा हुन् । उनी धरानमा पब्लिक हेल्थ पढ्दै थिए ।

    गत शनिबार आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेसहित कश्मिर गएका सुदीपमाथि बन्दूकधारीहरूले अचानक आक्रमण गरे ,

    सुदीपका बुवा बुटवल(१४ बेलबरियामा विक्षिप्त अवस्थामा छन् । सुदीपको शव बुधबार कश्मिरबाट दिल्ली र दिल्लीबाट काठमाडौं ल्याउने तयारी गरिएको छ,

    सैनिक पोशाकमा ५ जना बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटकलाई उनीहरुको नाम र देश सोध्दै हिन्दू नाम भएका जतिलाई गोली हानेका थिए । बाटोमा हिँड्दै गरेका सुदीपलाई ‘नाम र धर्म के हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको थियो । साथमा रहेका आमा, बहिनी र ज्वाइँ सकुसल छन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to gorkhaonlinetv.com Site By :TriTech