
दर्शकबिन यति बेला यो दृश्यले सामाजिक संजालभरि सबैलाई भाबुक बनाइरहेको छ ।
यो मंगलबार जम्मू कश्मिरमा आतंकवादी हमलापछि देखिएको दुखद दृश्य हो । दृश्यमा एक पुरूष जमिनमा लडिरहेका छन्। एक महिला उनकै छेउमा शान्त बसेकी छन्। साथमा रहेको झोला पनि जमिनमै ढलिरहेको छ। केही पर अर्का एक जना पनि त्यसरी नै ढलेको देखिन्छ। जमिनमा ढलेका पुरूष भारतीय नौसेनामा कार्यरत लेफ्टिनेन्ट विनय नरवाल हुन्। भने छेउमा रहेकी महिला उनकी श्रीमती हुन्।
बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा विनय मारिएपछि उनकी श्रीमती अर्धबेहोस् भएकी थिइन्। गोली लागेर श्रीमान ढलेपछि रून त परै जाओस् बोल्नसम्म सकेकी थिइनन् भनेर भारतीय सञ्चारध्यमहरूले लेखेका छन्। एक साता अघि मात्रै यी दुईको बिहे भएको थियो। उनीहरू हनिमुनका लागि सोमबार कश्मिर गएका थिए।
उनी घरका एक्ला छोरा हुन्। उनकी बहिनी युपिएससीको तयारी गरिरहेको भनिएको छ। मंगलबार श्रीमती हिमान्सीसँग घुमफिरमा रहेका उनीमाथि गोली प्रहार भएपछि उनको घटनास्थलमै मृत्यु भयो। बिहे भएको एक सातामै हिमान्सीले श्रीमान गुमाइन्।
घटनापछि हिमान्सीले गोली चल्नुअघि आफू श्रीमानसँगै रहेको बताएकी छन्। उहाँ मेरो छेवैमा हुनुहुन्थ्यो। एकजना व्यक्ति मेरो श्रीमानको छेउमा आयो र लगत्तै गोली चलाए,ु उनले घटनापछि भनेकी छन्।
हमलामा २६ जनाको मृत्यु भएको थियो। तीमध्ये एक जना नेपाली रहेको पुष्टि भइसकेको छ।