
लमजुङ जिल्ला बासी हाल युके बसोबास गर्दै आउनुभएका समाजसेवि, अभियान्ता, लेखक, साहित्यकार तथा बिश्लेषक राजशान्ती फाउन्डेशनका संस्थापक अध्यक्ष श्री राजशान्ती सुनार र उहाँको धर्मपत्नी श्री शान्ती सुनार ज्यु नेपाल आउनु भएको सोहि अबसरमा ‘लमजुङ कलाकार समाज’ले स्वागत कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियो ।
उक्त कार्यक्रममा उहाँले लमजुङ कलाकार समाज प्रति चिन्त ब्यक्त गर्दै आगामि दिनहरुमा लमजुङ जिल्लाभर छरिएर रहेका कलाकारहरुको लागि कोशेढुङगा साबित हुने बताउनु भएको थियो । यसका लागि देश तथा देश बाहिरा रहनुभएका सम्पुर्ण शुभचिन्तकहरुको ध्यान आर्कषण भइरहेको छ । यसै सस्थालाई अझै आगामि दिनहरुमा अगाडि लैजानको लागि सिङगो राज शान्ती फाउन्डेशन र ब्यक्तिगत रुपमा सबै किसिमका सहयोग सधै रहने बताउनुभएको थियो । संस्थाकै बारेमा बोल्दै श्री शान्ती सुनार ज्युले सम्पुर्ण कलाकारहरु एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।
यसै क्रममा श्री राज सुनार ज्युलाई संस्थाको सल्लाकारको रुपमा नियुक्ति गरिएको कुरा संस्थाको अध्यक्ष श्री उमेश गुरुङ ज्युले बताउनु भएको थियो । संस्थाको सल्लाहकारको रुपमा आफु रहन पाउदा उहाले निकै खुसि ब्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा लमजुङ कलाकार समाजका सम्पुर्ण कलाकारहरुको उपस्थिति रहेको थियो । सम्पुर्ण कलाकारहरुको भनाई र संस्थाको उदेश्य सिङगो नेपाली गीत संगित र बिशेष लमजुङ जिल्लाको कला संस्कृति र सर्जक स्रष्टाहरुको संरक्षण र बिकासमा टेवा पुर्याउनुनै यस संस्थाको उदेश्य रहेको बताएका थिए ।